विकास निर्माणका काम शुरु गर्दा बिरोध गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरीः उपप्रधानमन्त्री सिंह


१२ माघ २०८१, शनिबार १२:१७ मा प्रकाशित


काठमाडौं ।
उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास निर्माणका काम शुरु गर्दा बिरोध गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताउनुभएको छ ।


काठमाडौंमा शनिवार अयाोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केही भएन र गरेन भन्ने तर काम शुरु गरेपछि आफ्नो जग्गा थोरै प¥यो भने बिरोध शुरु गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले माघ १८ गतेबाट संसदको अधिवेशन आह्वान भएकाले बाँकी रहेका विधेयकहरु पारित गर्नेगरी अघि बढ्ने बताउनु भयो । उहाँले अस्वस्थ प्रतिष्पर्धाबाट आएकाहरुको जयजयकार हुने गरेको भन्दै त्यसबाट देश कहाँ पुग्छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले सबैले नियमअनुसार आफ्नो कर्तव्य पूरा गर्नुपर्ने बताउनु भयो । 


उपप्रधानमन्त्री सिंहले जनताले चाहेअनुसारको व्यवस्था र सुधार आएको बताउनु भयो । काठमाडौंको एक नम्बर निर्वाचन क्षेत्रका मतदाताहरुको विश्वासका कारण नै आफू अहिलेको स्थानमा रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here