काठमाडौं । मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतोले मुलुक एकात्मक शासन व्यवस्थाभन्दा माथि उठ्न नसकेको बताउनुभएको छ ।
न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै मुख्य न्यायाधिवक्ता महतोले संघ सरकारले प्रदेश सरकारलाई नियतवस हक हस्तान्तरण गर्न नसकेको बताउनुभएको हो । उहाँले संविधानले प्रदेश प्रशासनको नियन्त्रण प्रदेश मातहत रहने व्यवस्था गरेको भएपनि कार्यान्वयनमा आउन नसकेको बताउनु भयो ।
उहाँले संघीयताको सफल कार्यान्वयनका लागि संघ सरकारले अहिले पनि हिच्किचाइरहेको बताउनु भयो । प्रदेश प्रहरी समायोजन ऐन कार्यान्वयनमा नआउँदा प्रदेशको शासन व्यवस्था संघ सरकारकै नियन्त्रणमा रहेको बताउनु भयो ।
उहाँले प्रमुख जिल्ला अधिकारी, निजामती प्रशासन लगायतलाई अहिले पनि संघ सरकारकै नियन्त्रणमा राखिएको बताउनु भयो । उहाँले सरकारको नेतृत्वमा रहेका राजनीतिक दलहरुदले वाध्यतावस संघीयता स्वीकारेपनि एकात्मक शासन व्यवस्थाको मनोभावबाट देश चालाइरहेको जिकिर गर्नुभयो ।
उहाँले मधेस आन्दोलनकै कारण मुलुकमा संघीयता आएको दाबी समेत गर्नुभयो । उहाँले संघीयताको सफल कार्यान्वयनको लागि प्रदेश सरकारको अधिकार सुनिश्चित गर्न जरुरी रहेको बताउनु भयो ।
उहाँले संघीय निजामति ऐनले प्रदेशको निजामती ऐनलाई छुन नसक्ने उहाँको भनाइ छ ।