ट्रम्पले नयाँ कार्यकाल शुरु गर्दा युरोपमा अशान्ति


११ माघ २०८१, शुक्रबार १४:०५ मा प्रकाशित


अमेरिकी राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको शुरुवाती दिनहरूले युरोपभरि अशान्तिको लहर फैलाएको छ । युरोपेली संघलाई अनुचित व्यवहारको आरोप लगाउँदै ट्रम्पले व्यापार असन्तुलनलाई सम्बोधन गर्ने उद्देश्यले कर लगाउने घोषणा गरेसँगै युरोपभर अशान्ति मच्चिएको छ ।

नयाँ कार्यकालमा ट्रम्पका नीतिहरूले व्यापार सम्बन्ध मात्र नभई युरोपको क्षेत्रीय अखण्डता, रक्षा प्राथमिकताहरू र आर्थिक दृष्टिकोणलाई पनि असर पर्नेछ । व्यापारभन्दा बाहिर पेरिस जलवायु सम्झौता र विश्व स्वास्थ्य संगठनबाट फिर्ता हुने ट्रम्पको निर्णयले युरोपेली समकक्षीहरूसँग फाटोलाई गहिरो बनाएको छ ।

ट्रम्पको दोस्रो कार्यकालमा युरोपले एउटा महत्वपूर्ण मोडको सामना गरिरहेको छ । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here