काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) ले राम्रो भएको कुरा नागरिकले अहिले आएर बुझेको बताउनुभएको छ ।
बुधवार नेपाली काँग्रेसको आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एमसिसी पास गराउन पनि धेरै गाह्रो भएको स्मरण गर्दै उहाँले अहिले आम नागरिकले सही रहेछ भन्नेकुरा बुझेको बताउनु भयो ।
उहाँले पास गराउने बेलामा धेरै ठूलो बिरोध भएपनि अहिले आएर साँच्चिकै राम्रो रहेछ भन्नेकुरा सबैले थाहा पाएको बताउनु भयो । उहाँले व्यापार गर्ने र उद्योग खोल्ने काम सरकारको नभएको भन्दै व्यापार व्यापारीले र उद्योग उद्योगपतिले नै खोल्ने बताउनु भयो ।
सभापति देउवाले कुनै देशको ऋण लिँदा पनि ऋणको भारमा नपर्नेगरी लिनुपर्ने बताउनु भयो ।