बिर्तामोडका पूर्वमेयर शिवाकोटी कारागार चलान


२२ पुष २०८१, सोमबार १७:४१ मा प्रकाशित

झापा, पुष २२ । घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटी आज जेल चलान भएका छन् ।

झापा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । आज भएको थुनछेक बहसपछि न्यायाधीश नवीनकुमार जोशीको इजलासले शिवाकोटीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको अदालतका स्रेस्तेदार किरणकुमार सिंहले जानकारी दिए ।

शिवाकोटीको स्वास्थ्य अबस्थालाई ख्याल गरी स्वास्थ्य उपचारको व्यवस्था गर्न न्यायाधीशको आदेशअनुसार झापा कारागार प्रशासनलाई पत्र पठाइएको सिंहले बताए । हिजो शिवाकोटीसंग बयान लिइएको थियो । शिवाकोटीको पक्षमा अशोक पोखरेल , गजेन्द्र आचार्य , टंक उप्रेती ,बालकुमार कट्वाललगायतका कानुन व्यवसायीहरुले बहस गरेका थिए ।

घरेलु कामदारको रूपमा राखिएकी नाबालिकालाई करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ परेकै दिनदेखि बीएण्डसी अस्पतालमा राखेको थियो । प्रहरीले उनलाई गत मंसिर २४ गते पक्राउ गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here