म्यानमारद्वारा स्वतन्त्रता दिवसमा करिव ६ हजार कैदीलाई माफी


२१ पुष २०८१, आईतवार ११:५८ मा प्रकाशित


म्यानमारको राज्य प्रशासन काउन्सिलले शनिवार देशको ७७ औं स्वतन्त्रता दिवसका अवसरमा करिव ६ हजार कैदीहरूलाई काउन्सिलको आदेशअनुसार माफी दिएको छ । माफी गरिएका कैदीहरूमा म्यानमारका ५ हजार ८६४ र अन्य देशका १८० जना रहेका छन् ।

काउन्सिलले केही कैदीहरूको सजाय पनि घटाएको छ । गत वर्ष देशको ७६ औँ स्वतन्त्रता दिवसको अवसरमा ९ हजारभन्दा बढी कैदीलाई आममाफी दिइएको थियो । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here