उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमन्त्री दीपक खड्काले २०३५ भित्र उर्जा क्षेत्रलाई चलायमान बनाइ २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले लिएको बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित दाना खोला हाइड्रोपावर योजनाको वित्तीय व्यवस्थापन हस्ताक्षर समोरोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले हालै मन्त्रीपरिषद् बैठकबाट २८ हजार ५ सयको लक्ष्य १० वर्षमा पु¥याइसक्ने भनेर लिएको बताउनु भयो ।
सरकारले निश्चित लक्ष्य र उद्देश्य लिएको भन्दै मन्त्री खड्काले अब कुनैपनि विकास निर्माणका काममा समय नलाग्ने बताउनु भयो । उहाँले विद्युत उत्पादनका लागि पनि सबै इन्फा स्ट्रक्चर बनिसकेकाले धेरै समय नलाग्ने उहाँको दाबी छ ।
अध्ययन भएका योजनाहरु अब थन्किएर बस्न नपाउने भन्दै सरकारले आवश्यक काम थालिसकेको बताउनु भयो । उहाँले अहिलेको सरकार मजबुत सरकार भएकाले निजी क्षेत्रलाई उर्जा क्षेत्रमा लगानी गर्त उत्साहित बनाउने गरी काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।
मन्त्री खड्काले अब समयमै काम गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले बैंकहरुले लगाउने सिलिङमा पनि परिवर्तन गर्नुपर्ने बताउनु भयो । देशभित्रका लगानीकर्ताहरुलाई पहिलो प्राथमिकतामा राखेर विद्युत उत्पादनमा जोड दिने बताउनु भयो ।