काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना भएपनि नेपालले उपयोग गर्न नसकेको बताउनुभएको छ ।
मंगलवार नेपाल पर्यटन बोर्डको २५ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा पर्यटन क्षेत्रको प्रशस्त सम्भाना रहेको र सबैले समन्वय गरेर पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले पर्यटन क्षेत्रको प्रशस्त सम्भावना भएपनि पर्यटन क्षेत्रले स्वरोजगार र जिडिपीमा न्युनतम मात्रै योगदान गरेको बताउनु भयो । उहाँले पर्यटनको प्रशस्त सम्भावना छ मात्रै भनिरहने भन्दा पर्यटन प्रवद्र्धनका लागि काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्र मिलेर परिणाम ल्याउने गरी काम गर्नुपर्ने बताउनु भयो । पर्यटन सम्बन्धी निकायहरुबीच समन्वय आवश्यक रहेको बताउनु भयो ।
मन्त्री पाण्डेले सरकार र निजी क्षेत्र मिलेर पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताउनु भयो । उहाँले कामको चाङमा जुठो हाल्ने तर फत्ते नगर्ने प्रवृत्तिले समस्या रहेको बताउनु भयो । नेपाल आउने पर्यटकहरुलाई राम्रो स्वागत सत्कार गरे पर्यटन प्रवद्र्धनका लागि नेपालको प्रचार हुने बताउनु भयो ।