देशको नीतिगत नेतृत्व काँग्रेसले गरिरहेको छः नेता सिटौला


१६ पुष २०८१, मंगलवार १२:३१ मा प्रकाशित



काठमाडौं । नेपाली काँग्रेसका नेता, कृष्णप्रसाद सिटौलाले जनताका समस्या समाधान गरी बलियो नेपाल निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ ।


मंगलवार काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवस एवं सय दिने विशेष अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनताको आर्थिक प्रगति अहिलेको आवश्यकता भएको बतउनु भयो ।

पछाडि परेका जनतालाई अगाडि ल्याउनुपर्ने, दलित, महिलाका समस्या समाधान गरेर आर्थिक प्रगतिको पक्षमा नेपाली काँग्रेस पार्टीले डो¥याउनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले काँग्रेस र नेकपा एमाले मिलेर संयुक्त सरकार बनाएको र प्रधानमन्त्रीमा केपी शर्मा ओली रहनुभएपनि सरकारको नीतिगत नेतृत्व नेपाली कँग्रेसले गरिरहेको बताउनु भयो । नेपालको समग्रमा नेपाली जनतालाई अघि बढाउने नीतिगत नेतृत्व नेपाली काँग्रेस पार्टीले गरिरहेको उहाँको दाबी छ । 


नेता सिटौलाले नेपालको अस्तित्वको रक्षाका लागि, नेपाली जनताको आर्थिक समृद्धि र प्रगतिको लागि नेपाली काँग्रेसले सबै राजनीतिक दलहरुलाई एकाकार गरेर राष्ट्रिय मेलमिलाप निर्माण गरी अघि बढ्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here