आर्थिक र भौतिक विकास मात्रै मुलुकको विकास होइनः राष्ट्रपति पौडेल


१६ पुष २०८१, मंगलवार १२:२९ मा प्रकाशित



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले श्रम र पुँजीलाई सँगै अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ ।


मंगलवार काठमाडौंमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को छैटौं श्रम संसदको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमीक केही हुन् भन्ने मान्यतालाई विशेष जोड दिइ मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो ।

उहाँले भौतिक विकासका रुपमा भएको प्रकृतिको दोहन र मानवीयता प्रतिको बेवास्थाले विश्वमा दिनानुदिन जलवायु परिवर्तनको जोखिम बढिरहेको बताउनु भयो । उहाँले सामाजिक न्यायका लागि सबैबीच कसिलो गठबन्धन आवश्यक रहेको बताउनु भयो ।

उहाँले नेपालका श्रमीकहरुले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गरेको योगदान सह्रानिय रहेको उल्लेख गर्नुभयो । मुलुकको विकास भनेको केबल आर्थिक र भौतिक मात्रै नरहेको भन्दै मानवीय विकास पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनु भयो । 


राष्ट्रपति पौडेलले श्रमको सम्मान गर्ने संस्कृति नै नेपालको विकासको आधार भएको जिकिर गर्नुभयो । सफल राजनीतिक परिवर्तनपछि देशले चाहेको विकास र समृद्धिको आधार बन्ने बताउनु भयो । उहाँले जलवायु न्यायका लागि सिर्जित ग्लोवल फण्डको हिस्सा नेपाल जस्तो पीडित देश र लक्षित श्रमीकसम्म पु¥याउने चुनौतिका बीच नेपालले आफ्नो दाबी बढाउनुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here