अहिलेको सरकारलाई झुकाएरै छोड्छौँः मेटमणि चौधरी


१३ पुष २०८१, शनिबार १५:४० मा प्रकाशित


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले अहिलेको सरकार उद्योगी, दलाल र पुँजीपतिहरुको पक्षमा बनेको आरोप लगाउनुभएको छ ।


शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले दलाल पुँजीपतिहरुको लागि बनेको सरकारले श्रमीकहरुको पक्षमा निर्णय लिन नसक्ने जिकिर गर्नुभयो ।

श्रमीकहरुको पक्षमा आफ्नो पार्टीले संसद र सडकमा साथ दिने भन्दै उहाँले अहिलेको सरकारलाई कुनैपनि हालतमा दलाल, उद्योगी र पुँजीपतिहरुको पक्षमा काम गर्न नदिने बताउनु भयो । वर्तमान सरकारलाई श्रमीकको पक्षमा झुकाएरै छोड्ने उहाँको दाबी छ । अनौपाचारिक क्षेत्रमा रहनुभएका श्रमीकलाई औपचारिक क्षेत्रमा ल्याउन आफ्नो पार्टी सदैव तयार रहेको बताउनु भयो । 


नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले अहिलेको सरकार उद्योगी, दलाल र पुँजीपतिहरुको पक्षमा बनेको आरोप लगाउनुभएको छ ।


शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले दलाल पुँजीपतिहरुको लागि बनेको सरकारले श्रमीकहरुको पक्षमा निर्णय लिन नसक्ने जिकिर गर्नुभयो । श्रमीकहरुको पक्षमा आफ्नो पार्टीले संसद र सडकमा साथ दिने भन्दै उहाँले अहिलेको सरकारलाई कुनैपनि हालतमा दलाल, उद्योगी र पुँजीपतिहरुको पक्षमा काम गर्न नदिने बताउनु भयो ।

वर्तमान सरकारलाई श्रमीकको पक्षमा झुकाएरै छोड्ने उहाँको दाबी छ । अनौपाचारिक क्षेत्रमा रहनुभएका श्रमीकलाई औपचारिक क्षेत्रमा ल्याउन आफ्नो पार्टी सदैव तयार रहेको बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here