नेपाल हृदय रोग निवारण केन्द्रको केन्द्रीय सभा झापाको बिर्तामोडमा हुने


११ पुष २०८१, बिहीबार १८:५८ मा प्रकाशित

बिर्तामोड । नेपाल हृदय रोग निवारण केन्द्रको केन्द्रीय सभा झापाको बिर्तामोडमा हुने भएको छ ।

केन्द्रको ३३ औँ केन्द्रीय सभा आगामी शनिबार र आइतबार बिर्तामोडस्थित अग्रसेन भवनमा हुन लागेको हो । केन्द्रले बिर्तामोडमा आज पत्रकार सम्मेलन आयोजना गरि यो बर्षको सभा झापामा हुन लागेको जानकारी दिएको हो । कार्यक्रमको अवधिमा स्वयम् सेविकाहरुलाई प्राविधिक तालिम दिनुका साथै बिएण्डसी अस्पतालबाट प्रभातफेरी निकाल्ने आदि कार्यक्रम रहेको केन्द्रका झापा अध्यक्ष सन्तोष अग्रवालले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटन केन्द्रीय अध्यक्ष डा। सत्यनारायण सुवालले गर्नुहुनेछ ।

केन्द्रले मुटु रोग सम्बन्धि सचेतना जगाउने र यसको उपचारको लागि वकालत गर्दै आएको निवर्तमान अध्यक्ष बलराम न्यौपानेले जानकारी दिनुभयो । केन्द्र र यसका गतिविधीको प्रचारका लागि मोफसलमा केन्द्रीय सभा गर्न थालिएको र अघिल्लो बर्ष काभ्रेपलाञ्चोकको बनेपामा गरिएको पूर्वअध्यक्ष डिल्लीराम घिमिरेले बताउनुभयो । डा। मेगेन्द्रराज पाण्डेको अगुवाईमा २०४५ सालमा स्थापना भएको केन्द्रले ५९ जिल्लामा शाखा र बाँकी अन्य जिल्लाहरुमा तदर्थ समिति विस्तार भएको छ । केन्द्रले मुटुका बिरामीहरुको उपचारका लागि आर्थिक सहयोग गर्नुका साथै शहिद गंगालाल हृदय रोग केन्द्र र अन्य सहयोगी संस्थाहरुसँग समन्वय गर्नेगर्छ । कार्यक्रममा मुटुका क्षेत्रमा क्रियाशील व्यक्ती, संस्था तथा केन्द्रमा स्थापित कोषको रकमबाट उत्कृष्ट कार्य सम्पादन गर्ने शाखाहरुलाई पुरस्कृत गर्ने कार्यक्रम समेत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here