दक्षिण सिरियामा प्रदर्शनकारीमाथि इजरायली सेनाद्वारा आक्रमण


११ पुष २०८१, बिहीबार १२:१५ मा प्रकाशित


इजरायली सैनिकहरूले प्रदर्शनकारीहरूको भेलामा गोली चलाउँदा दक्षिणी सिरियामा एक बालकसहित तीन जना सर्वसाधारण घाइते भएको इजरायली र सिरियाली स्रोतहरूले बताएका छन् ।

सिरियाली मिडिया रिपोर्टकाअनुसार इजरायली सेनाले गोलान हाइट्समा इजरायलले सिरियाली भूभाग कब्जा गरेको विरोध गर्न कुनेइत्रा क्षेत्रमा भेला भएका नागरिकहरूको समूहमा गोली चलाएको थियो ।

यसैबीच इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले सेनाहरूले प्रदर्शनकारीहरूलाई टाढा जान आह्वान गरेको र त्यसपछि आक्रमण गरेको बताउनु भयो । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here