गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४५ हजार नाघ्यो


२ पुष २०८१, मंगलवार ११:२१ मा प्रकाशित


गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ४५ हजार नाघेको छ । गाजा–आधारित स्वास्थ्य अधिकारीहरूले विगत २४ घण्टाको अवधिमा इजरायली सेनाले ५२ जनाको ज्यान लिएको बताएका छन् ।

२०३ जनालाई घाइते भएका छन् । जसबाट कुल मृत्यु हुनेको संख्या ४५ हजार २८ पुगेको छ र अक्टोबर २०२३ को शुरुमा प्यालेस्टिनी–इजरायली द्वन्द्व शुरु भएदेखि १ लाख ६ हजार ९६२ जना घाइते भएका छन् । इजरायली सेनाले यी घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here