१३ हजार कानून व्यवसायीहरु करको दायरामा आएका छन्ः सचिव सापकोटा


१ पुष २०८१, सोमबार १५:२२ मा प्रकाशित


काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले १३ हजार कानून व्यवसायीहरु करको दायरामा आएको बताउनुभएको छ ।


सोमवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले २१ हजार कानून व्यवसायीहरुमध्ये ३ हजार कानून व्यवसायी करको दायरामा आइसकेको उल्लेख गर्नुभयो ।

उहाँले कानून व्यवसायीहरुको रिन्यु पनि कर नतिरेसम्म नगर्ने भनेपनि कानून व्यवसायीहरु करको दायरामा आएको उल्लेख गर्नुभयो । सचिव सापकोटाले नवप्रवेशी कानून व्यवसायीहरुलाई कानून व्यवसायी परिषद्ले तालिम दिइरहेको बताउनु भयो ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here