काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरुको बाँकी भुक्तानी मंसिरभित्रै दिन सरकारसँग आग्रह गर्नुभएको छ ।
१७ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा सोमवार काठमाडौंमा प्रभातफेरी कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बैंंकहरुले निर्माण व्यवसायीहरुलाई ब्याज तिर्न मंसिरसम्मको समय दिएको उल्लेख गर्दै मंसिरभित्रै सरकारले निर्माण व्यवसायीहरुको बाँकी भुक्तानी दिन नसके निर्माण व्यवसायीहरु पलायन हुने बताउनु भयो ।
उहाँले निर्माण क्षेत्रका समस्याबारे प्रधानमन्त्री र मन्त्रीहरुलाई जानकारी गराइरहेको भन्दै छिटो भन्दा छिटो सरकारले नर्माण क्षेत्रलई चलायमान बनाउने कदमहरु अघि बढाउनुपर्ने बताउनु भयो । उहाँले निर्माण क्षेत्रमा भएका समस्याहरु पहिचान गर्न आग्रह गर्नुभयो ।
सार्वजनिक खरिद नियमावलीको संशोधनबाट म्याद थप भएका योजनाहरु सम्पन्न गर्ननै बाधक बनिरहेको उल्लेख गर्नुभयो । सरकारसँग निर्माण व्यवसायीहरुले लिनुपर्ने भुक्तानीको आँकडा पेश गर्दा सरकारले सरकारले कम आँकडा पेश गरेको दाबी गर्नुभयो ।
अध्यक्ष सिंहले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका केही रकम भुक्तानी हुँदैमा निर्माण क्षेत्रले गति लिन नसक्ने उल्लेख गर्नुभयो ।