काठमाडौ । सर्वोच्च अदालतले चालु आर्थिक वर्षभित्र ८ वर्ष पुराना मुद्दा शुन्यमा झार्ने लक्ष्य लिएको छ ।
शुक्रवार सर्वोच्च अदालतमा सर्वोच्च अदालतको गोला प्रणालीबाट हुने पेशी व्यवस्थापन प्रक्रियाका क्रममा अदालतले सो जानकारी गराएको हो । अदालतले बनाएको योजनाअन्तर्गत ८ वर्ष नाघेका मुद्दाहरु जम्मा १५४ थान रहेको र चालु आर्थिक वर्षको असार मसान्तभित्र सक्ने योजना रहेको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बताउनु भयो ।
उहाँले ०८२ सालको असार मसान्तसम्म ८ वर्ष पुराना मुद्दाहरु शुन्यमा झार्ने लक्ष्यअनुसार मुद्दा फस्र्यौट गरिरहेको बताउनु भयो । उहाँले सर्वोच्च अदालतमा आफूहरुले जिरो आवरलाई संस्थागत सुधारको निम्ति उपयोग गरेको बताउनु भयो ।
अदालतले पारदर्शिता र उत्तरदायित्व बोध गराउन गोला प्रथा शुरु गरिएको बताएको छ ।