कार्यकारी शक्ति प्रयोग नगर्ने अडान उल्ट्याउँदै बाइडेनले छोरालाई माफी दिए


१८ मंसिर २०८१, मंगलवार ११:१० मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना छोरा हन्टर बाइडेनलाई माफी दिनुभएको छ । आफ्नो छोराको सजाय माफी वा कम गर्न कार्यकारी शक्ति प्रयोग नगर्ने आफ्नो पहिलेको अडानलाई उल्टाउँदै उहाँले माफी दिनुभएको हो ।

पदभार ग्रहण गरेको दिनदेखि नै न्याय विभागको निर्णयमा हस्तक्षेप नगर्ने भनेको र छोरालाई छनोट र अनुचित रूपमा मुद्दा चलाइएको देखे पनि आफूले वचन पूरा गरेको बाइडेनले एक विज्ञप्तिमा भन्नुभएको छ ।

बाइडेनले हन्टरलाई भिन्न व्यवहार गरिएको र कँग्रेसका राजनीतिक विपक्षीहरूले आफूमाथि आक्रमण गर्न र चुनावको विरोध गर्न उक्साएको आरोप लगाउनु भयो । हन्टर बाइडेनलाई सन् २०१८ को जुनमा कोकिन क्र्याकको लतमा बन्दुक किनेको आरोपमा दोषी ठहर गरिएको थियो ।

वर्तमान राष्ट्रपतिका सन्तान अपराधमा दोषी ठहर भएको यो पहिलो पटक हो । उनलाई डिसेम्बर १२ मा सजाय सुनाइने भनिएको थियो । राष्ट्रपतिका छोरालाई पनि संघीय कर छलीको आरोपमा डिसेम्बर १६ मा सजाय सुनाइने थियो । जसमा उनले सेप्टेम्बरमा दोषी स्वीकार गरेका थिए । कर मुद्दामा १.४ मिलियन अमेरिकी डलर भन्दा बढी भुक्तान नगरिएको कर समावेश छ । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here