नेपाली श्रम बजारमा विदेशी कामदार प्रवेशले रोजगार क्षेत्रमा समस्याः संयुक्त ट्रेड युनियन


१० मंसिर २०८१, सोमबार १८:४७ मा प्रकाशित


काठमाडौं ।
नेपाली श्रम बजारमा विदेशी कामदार प्रवेशले रोजगार क्षेत्रमा समस्या आएको ट्रेड युनियनहरुले बताएका छन् ।


सोमवार संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) ले आयोजना गरेको राष्ट्रिय भेलामा बोल्दै ट्रेड युनियनका प्रतिनिधिहरुले यस्तो बताएका हुन् । नेपाली श्रम बजारमा विदेशी कामदार प्रवेश गर्दा नेपाली श्रमबजारमा जटिल अवस्थामा पुगेको दाबी ट्रेड युनियनहरुले गरेका छन् ।

ट्रेड युनियनहरुले नेपाली श्रमबजार अनौपचारिकतातिर जाँदा श्रम बजारमा विविध खालका समस्याहरु उत्पन्न भएको कारण श्रम बजार कमजोर हुँदै गएको बताए । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)को अध्यक्ष योगेन्द्रकुमार कुँवरले पछिल्लो समय बाहिरबाट मजदुरहरु ल्याउने कारणले गर्दा रोजगार क्षेत्रमा समस्या आएको बताउनु भयो ।

उहाँले नेपाली श्रम बजार अनौपचारिकरण हुँदै गएको पनि उल्लेख गर्नुभयो । उहाँले पछिल्लो श्रम बजारमा देखिएका समस्याका कारण ट्रेड युनियनहरुको लागि डरलाग्दो परिस्थिति बनेको बताउनु भयो । उहाँले श्रम ऐनमा भएका व्यवस्थाहरुलाई गलत व्याख्या गरेर रोजगारदाताहरुले करार गर्दा पनि सरकार मुकदर्शक भएर बस्ने काम गरेको आरोप लगाउनु भयो । उहाँले ट्रेड युनियनको उपस्थिति पनि कमजोर बन्दै गएको बताउनु भयो ।

उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा समेत ट्रेड युनियन आन्दोलन कमजोर हुँदै गएको दाबी गर्नुभयो । उहाँले विश्वको नेतृत्व विगहाउसहरु र कम्पनीहरुले नियन्त्रणमा लिँदा सरकारहरु नै  ठूला रोजगारदाताहरुको चंगुलमा डुबेको उल्लेख गर्नुभयो ।


नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा ट्रेड युनियन आन्दोलन अहिलेसम्म मजदुरको पक्षमा भएका कामले सकारात्मक रुपमा अगाडी बढेको बताउनु भयो । उहाँले ट्रेड युनियन आन्दोलनबाट श्रमिकवर्गको हक हित र सामाजिक सुरक्षा क्षेत्रमा सकारात्मक सुधार गरेको बताउनु भयो । उहाँले ट्रेड युनियन आन्दोलनबाट भएका उपलब्धीहरु सकारात्मक रहेको बताउनु भयो ।

उहाँले सामाजिक सुरक्षाको क्षेत्रमा थप सुधार भएमात्रै श्रमिक वर्गले न्याय पाउने अपेक्षा रहेको बताउनु भयो । उहाँले मन्त्री परिवर्तन हुँदा सामाजिक सुरक्षा कोषका कर्मचारी र सञ्चालक परिवर्तन हुने व्यवस्था राख्न नहुने ट्रेड युनियनको माग रहेको बताउनु भयो । 


उहाँले ट्रेड युनियनहरुलाई इगनोर गरेर व्यवस्था परिवर्तन भए चल्न नदिने खालको आन्दोलन गर्न तयार रहेको बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here