नागरिकको लागि सरकार छ भन्ने महशुस गराउँछौँः उपसभापति अर्याल


२२ फाल्गुन २०८२, शुक्रबार १९:२८ मा प्रकाशित


राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले नागरिकको लागि सरकार छ भन्ने अनुभुति गराउने जिम्मेवारी रास्वपामा आइरहेको प्रतिक्रिया दिनुभएको छ । 


पार्टीकी काठमाडौं–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित उम्मेदवार रञ्जु न्यौपानेलाई बधाई ज्ञापन गर्दै उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । प्रारम्भिक मतगणनामा रास्वपाको पक्षमा लहर आएको भन्दै उहाँले अब मुलुकमा भ्रष्टाचारको अन्त्य गर्दै समृद्धि ल्याउनुपर्ने जिम्मेवारी समेत रास्वपाको काँधमा आइसकेको प्रतिक्रिया दिनुभयो । 

उहाँले देशभरका मतदातामा धन्यावाद समेत ज्ञापन गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here