राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो जित निकालेको छ । काठमाडौं–१ मा रास्वपाकी उमेदवार रन्जु न्यौपाने निर्वाचित भएकी छन् । उनले १५ हजार ४५५ मत ल्याएकी हुन् ।
उनका प्रतिस्पर्धी कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत पाएका छन् । राप्रपाका रवीन्द्र मिश्रले तीन हजार ९७२ मत प्राप्त गरेका छन् ।






