अफगानिस्तानमा द्वन्द्व समाप्त भएपनि अनगिन्ती अफगान बालबालिकाहरूले अझै पनि कडा परिश्रम गर्न बाध्य छन् । आफ्नो परिवारलाई समर्थन गर्नका लागि भएपनि विद्यालय छोड्न आवश्यक रहेको उनीहरुको भनाइ छ ।
चरम गरिबीका कारण धेरै परिवारहरूलाई आफ्ना छोराछोरीलाई विद्यालय पठाउनबाट रोक्छ । युद्धग्रस्त देशमा आफ्नो परिवारलाई खाना उपलब्ध गराउने अधिकांश बोझ उनीहरूका छोराछोरीमा परेको छ ।
आफू शिक्षित हुन चाहे पनि परिवारका कारण बाध्य भइ विद्यालय नगइ काममा जानुपरेको बालबालिकाहरु बताउँछन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।