वेस्ट बैंकमा इजरायली सेनासँगको भिडन्तमा ३ प्यालेस्टाइनीको मृत्यु


५ मंसिर २०८१, बुधबार ११:२१ मा प्रकाशित


उत्तरी वेस्ट बैंकको जेनिनस्थित कबातिया शहरनजिकै घेरिएपछि इजरायली सेनासँगको भिडन्तमा मङ्गलवार तीन प्यालेस्टिनीको मृत्यु भएको छ ।

नागरिक मामिलाका लागि सामान्य प्राधिकरणद्वारा सूचित जानकारीअनुसार काबातिया नजिकै इजरायली सेनाको गोलीबाट तीन युवाको मृत्यु भएको हो । मन्त्रालयले मारिनेमा २४ वर्षीय राइद हनायसेह, २५ वर्षीय अनवर सबानेह र ३२ वर्षीय सुलेमान तजाजा रहेको जनाएको छ ।

इजरायल पुलिसले मंगलवार बिहान जेनिन क्षेत्रमा गरिएको आतंकवाद विरोधी अपरेशनको क्रममा पुलिसले शिन बेट र इजरायल डिफेन्स फोर्स (आईडीएफ) को सहयोगमा तीन विद्रोहीलाई मारेको र हतियार बरामद गरेको बताएको छ । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here