सशस्त्र द्वन्द्वको अन्त्य गरी मुलुकमा शान्ती स्थापना गर्न स्व. ढुंगानाको योगदान अतुलनीयः गृहमन्त्री


३ मंसिर २०८१, सोमबार १६:१० मा प्रकाशित



काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्वसभामुख स्व.दमननाथ ढुंगानाको निधनले मुलुकले असल नेता गुमाएको  बताउनुभएको छ ।


सोमवार काठमाडौंको नयाँ गौचरणमा राखिएको प्रतिनिधि सभाका पूर्वसभामुख स्व.ढुंगानाका पार्थिव शरीरमा श्रदाञ्जली दिएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो । स्व. ढुंगाना असल राजनीतिज्ञ, संविधानविद् एवं समाजको सबै विषयमा विशिष्ट योगदान दिनुभएको व्यक्ति रहेको बताउनु भयो ।

उहाँले लोकतन्त्र प्राप्तिको आन्दोलनमा ढुंगानाले महत्वपूर्ण भुमिका खेलेको उल्लेख गर्दै उहाँलाई गुमाउनु पीडादायी भएको बताउनु भयो । उहाँले पूर्वसभामुख ढुंगानाले नै सरकार सत्तापक्षको र सदन प्रतिपक्षको हुन्छ भन्ने संसदीय व्यवस्थाको विश्वव्यापी मान्यतालाई नेपालमा लागू गरेको बताउनु भयो । 

स्व.ढुंगानाले सशस्त्र द्वन्द्वको अन्त्य गरी मुलुकमा शान्ती स्थापनाको लागि समेत महत्वपूर्ण भुमिका खेल्नुभएको गृहमन्त्री लेखकको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here