ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, रानी क्षेत्र तनावग्रस्त


९ श्रावण २०७६, बिहीबार २२:२६ मा प्रकाशित

विराटनगर । विराटनगर महानगरपालिका–१५ रानीमा ट्रकले बिहीबार साँझ ठक्कर मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

स्थानीय २२ वर्षीय अमर सिंहले चलाएको मोटरसाइकललाई भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि रानी क्षेत्र तनावग्रस्त बनेको छ । घटनापछि स्थानीयले प्रदर्शन सुरु गरेपछि नेपाल–भारत सीमानाको रानी क्षेत्र तनावग्रस्त बनेको हो ।

स्थानीय बासिन्दाले दुर्घटना गराउने ट्रकसहित १३ भन्दा बढी मालबहाक साधनमा तोडफोड गर्नुका साथै भन्सार कार्यालय नजिकैको सडकमा टायर बालेर प्रदर्शन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here