मुलुकको आर्थिक सुधार वर्तमान सरकारको प्राथमिकतामा पर्न सकेनः अध्यक्ष अग्रवाल


३० कार्तिक २०८१, शुक्रबार १५:१३ मा प्रकाशित


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले मुलुकको आर्थिक सुधार वर्तमान सरकारको प्राथमिकतामा अहिलेसम्म पर्न नसकेको गुनासो गर्नुभएको छ ।


औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको २८ औं वार्षिकात्सव कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले वर्तमान सरकार र अर्थमन्त्रीप्रति निजी क्षेत्रको ठूलो आशा भएपनि आशा गरे जस्तो काम हुन नसकेको गुनासो गर्नुभएको हो ।

उहाँले सरकारले शिथिल र मन्दीबाट माथि उठाउने धेरै प्रतिवद्धता आएपनि अर्थतन्त्रलाई सुधार गर्नेको लागि प्राथमिकतामा पर्न नसकेको बताउनु भयो । उहाँले विगतमा लगाएका नियन्त्रणमुखी नीतिहरु अहिले पनि सरकारले परिवर्तन गर्न नसकेको बताउनु भयो ।

उहाँले अर्थतन्त्रमा देखिएका अफ्ठ्याराहरु सरकारको नीतिगत कारणले देखिएको दाबी गर्नुभयो । उहाँले मुलुकका आर्थिक स्रोतलाई सही रुपमा चलाउन सक्यो भने दक्षिण एशियाकै उच्च आम्दानी गर्ने मुलुक बन्ने सम्भावना रहेको बताउनु भयो । उहाँले आर्थिक सुस्तता र मन्दीको अवस्थाबाट छिटो उन्मुक्ति पायौं भने मात्रै समग्र अर्थतन्त्रका स्टार्टअप र औधोगिक क्षेत्र सुधार हुने बताउनु भयो ।


उहाँले केही समय अघि उच्च रुपमा बैंकको ब्याजदर वृद्धि हुँदा व्यवसायीहरुले ऋण तिर्न नसक्दा धेरै उद्योगी व्यवसायीहरु बैंकको कालोसूचिमा परेको बताउनु भयो । उहाँले नेपालमा पछिल्लो ३० वर्षमा १ लाख १० हजार र पछिल्लो दुई वर्षमा ७५ हजार बढी कालो सूचिमा परेको बताउनु भयो ।

उहाँले निजी क्षेत्रको मनोबल कमजोर हुँदा पनि अर्थतन्त्रमा शिथिलता आएको बताउनु भयो। उहाँले अर्थतन्त्रमा शिथिलता आएसँगै पछिल्लो समय घरजग्गाको मूल्यमा गिरावट, शेयर मार्केटमा सुस्तता आएको बताउनु भयो । उहाँले अहिले उद्योगी व्यवसायीहरुलाई क्यापिटल फर्ममेसनको आवश्यकता रहेको बताउनु भयो  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here