सामाजिक सञ्जालसम्बन्धी विधेयक पुनःलेखन गर्नुपर्छः शेखर कोईराला


२९ कार्तिक २०८१, बिहीबार १७:२० मा प्रकाशित



काठमाडौं । नेपाली काँग्रेसका सांसद एवं नेता डा. शेखर कोईरालाले संविधानलाई अक्षरशः पालना गरेर कानून बनाउनुपर्ने बताउनुभएको छ ।


बिहीवार काठमाडौंमा अभिव्यक्ति स्वतन्त्रताको कसीमा सामाजिक सञ्जाल विधेयक—२०८० बारे बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानको पालना गरेर कानून बनाउनुपर्नेमा नागरिकलाई सजाय दिने किसिमले मात्रै कानून बन्ने गरेको बताउनु भयो ।

उहाँले सरकार सधैँ निरंकुश हुने भन्दै स्टक होल्डहरुसँग बसेर छलफल गरेर मात्रै कानूनहरु बनाउनु उचित हुने बताउनु भयो । उहाँले सामाजिक सञ्जाल विधेयक पुनःलेखन नै गर्नुपर्ने माग गर्नुभयो । 


नेता कोईरालाले सामाजिक सञ्जालको विषयमा बनाइने कानून स्टेक होल्डरहरुसँग गहन छलफलपछि मात्रै अघि बढाउनुपर्ने बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here