देशको मुल समस्या सरकारको अस्थिरता होइनः अध्यक्ष नेपाल


२९ कार्तिक २०८१, बिहीबार १६:१९ मा प्रकाशित


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दे शको मुल समस्या सरकारको अस्थिरता नभएको बताउनुभएको छ ।


बिहीवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो दाबी गर्नुभएको हो । उहाँले आफूहरु ९ महिना सरकारमा रहँदा उदाहरण पेश गरेको भन्दै सो अवधिमा गफ नभइ काम गरेर देखाएको जिकिर गर्नुभयो ।

उहाँले नौ महिनाको सरकारले देशमा तरंगा पैदा गरेको बताउनु भयो । उहाँले आफ्नो गाउँ, आफैँ बनाउँदेखि नौ सको अभियान, वृद्धभत्ता प्रदान, ६० हजार सुकुम्वासी परिवारलाई जग्गा बाँड्ने लगायतका उदाहरणीय काम गरेर देखाएको बताउनु भयो । उहाँले काम गर्नेका लागि नौ महिना नै काफी हुने बताउनु भयो । मध्यपहाडी राजमार्ग र तराईको हुलाकी राजमार्ग आफू नेतृत्वको सरकारले बनाउन शुरु गरेको दाबी गर्नुभयो । 


अध्यक्ष नेपालले मुलुकमा कसैले काम गरेको भए आफूहरुले नै गरेको दाबी गर्नुभयो । मुलुकमा परिवर्तन पनि आफूहरुले नै गरेको र देशमा गणतन्त्र पनि आफूहरुले नै ल्याएको बताउनु भयो ।

सो समयमा देशमा गणतन्त्र नआउने कुरा गर्नेहरु पार्टीभित्रै रहेको भन्दै उनीहरुलाई आफूहरुले चासो नदिएको बताउनु भयो । राजतन्त्रका बिरुद्धमा जान काँग्रेसले खुट्टा कमाएको र अरु पार्टीले पनि हिम्मत नगर्दा आफूहरुले नै आन्दोलन गरेर हटाएको बताउनु भयो । उहाँले परिवर्तनलाई साकार बनाउने काममा आफूहरु सफल भएको जिकिर गर्नुभयो । 


अध्यक्ष नेपालले अहिले नेपालको राजनीतिको समस्या भ्रष्टाचार रहेको बताउनु भयो । भ्रष्टाचार अन्त्य नगरेसम्म मन्त्रीको संख्या घटाएर केही नहुने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here