इजरायली सेनाद्वारा वेस्ट बैंकमा ४ प्यालेस्टाइनीको हत्या


२२ कार्तिक २०८१, बिहीबार ०९:५३ मा प्रकाशित

उत्तरी वेस्ट बैंकको जेनिन र तुबास शहरहरूमा इजरायली बमबारी र गोलीबारीमा चार प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दुई प्यालेस्टाइनीको शव जेनिन सरकारी अस्पतालमा लगिएको थियो । स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूकाअनुसार  इजरायली सेनाले काबातियामा आक्रमण गरेको, पूर्वाधारमा बुलडोज गरेको र त्यहाँका बासिन्दाहरूको सम्पती नष्ट गरेको छ ।

प्यालेस्टिनी विद्रोही र इजरायली सेनाबीच गोली हानाहानको आवाज सुनिएको स्रोतले जनाएको छ । इजरायली सेनाले आफ्नो ड्रोनले काबातिया नजिकैको सशस्त्र सेललाई निशाना बनाएको बताएको छ । अहिलेसम्म इजरायली सेनाले टुबासमा भएको आक्रमणबारे कुनै प्रतिक्रिया दिएको छैन ।

वेस्ट बैंकले अक्टोबर ७, २०२३ देखि हिंसाको वृद्धि भएको जनाएको छ । जसबाट इजरायली बन्दुक र गोलाबारीबाट ७६० प्यालेस्टाइनीको मृत्इु भएके बताएको छ । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here