पानीमा डुबेर झापामा दुई जनाको मृत्यु


९ श्रावण २०७६, बिहीबार १२:५९ मा प्रकाशित

झापा । पानीमा डुबेर झापामा बिहीबार दुई जनाको मृत्यु भएको छ । प्रहरी कार्यालय झापाका अनुसार हल्दिबारी र कमल गाउँपालिकामा छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएको हो ।

हल्दिबारी गाउँपालिका १ बस्ने ३८ वर्षीय वीरेन्द्र बुढाथोकी खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । बिहीबार बिहान २ बजे घरबाट निस्किएको बुढाथोकी घर नफर्किएपछि खोजतलास गर्ने क्रममा खेतमा जमेको पानीमा लडेको र त्यही डुबेर मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।

त्यस्तै कमल गाउँपालिका–४ बस्ने काजीबहादुर जोशीलाई पैनीले बगाउँदा मृत्यु भएको छ । घरबाट गोठ जाने क्रममा गोठ छेऊको पिँडीमा चिप्लिएर पैनीमा झरेको र पैनीको पानीले बगाउँदा उनको मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए । यता दुवै शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here