रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतकाे अनुमति


२० कार्तिक २०८१, मंगलवार १५:४८ मा प्रकाशित

काठमाडौं । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि तेस्रोपटक म्याद थप भएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको एकल इजलासले रविमाथि थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । जिल्ला सरकारी वकिल कार्यालयले २५ दिन म्याद थप गर्न अनुमति मागेको थियो । तर, अदालतले १० दिन मात्रै समय थपेको हो ।

तिहार बिदाकै बेलामा म्याद सकिएकाले अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here