अफगानिस्तानको राजधानी काबुलमा रहेको एउटा ग्यास कारखानामा भएको आगलागीमा परी ६ जनाको ज्यान गएको छ ।
साथै अन्य नौ जना घाइते भएका छन् । काबुल शहरको पश्चिममा रहेको पघमान जिल्लाको काला–ए–हैदर खान क्षेत्रमा रहेको ग्यास कारखानामा आगलागी भएको हो ।
आन्तरिक मामिला मन्त्रालय अन्तर्गतको प्राकृतिक प्रकोप तथा अग्नि नियन्त्रक विभागका प्रमुख नुरल्लाह अन्सारले छ जनाको मृत्यु भएको र नौ जना घाइते भएको पुष्टि गर्नुभयो ।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको र आर्थिक क्षतिको विवरण भने नआएको स्रोतले जनाएको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।