जलवायु परिवर्तनले रोजगारीमा नयाँ चुनौती र जोखिम बढ्योः अध्यक्ष कुँवर


१३ कार्तिक २०८१, मंगलवार १७:१२ मा प्रकाशित



काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसि) का अध्यक्ष योगेन्द्र कुँवरले जलवायु परिवर्तनले श्रम रोजगारीको क्षेत्रमा चुनौति सिर्जना गरेको बताउनुभएको छ ।

.
मंगलवार संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले काठमाडौंमा जलवायु परिवर्तनले श्रम रोजगार क्षेत्रमा पारेको प्रभाव विषय कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले यस्तो बताउनुभएको हो । उहाँले विश्वमा जलवायु परिवर्तनका भएको असरले रोजगारको क्षेत्रलाई प्रत्यक्ष असर परेको बताउनु भयो ।

उहाँले श्रम रोजगारमा जलवायु परिवर्तनका विषयमा सरकारले बेवास्ता गरेको समेत आरोप लगाउनु भयो । उहाँले सरकारलाई दबाब सिर्जना गरी जलवायु परिवर्तनले श्रम रोजगारमा पारेको असरलाई न्युनिकरण गर्न केन्द्रले विभिन्न कार्यक्रम गर्दै खबदारी गरेको बताउनु भयो । उहाँले जलवायु परिवर्तजको कारण श्रमिकले काम गर्ने समयमा समेत असर परेको बताउनु भयो । उहाँले दिउँसोको समयमा काम गर्न नसक्दा बिहान बेलुका काम गर्ने अवस्था रहेको बताउनु भयो ।

पर्वतारोहणको क्षेत्रका श्रमिकलाई थप चुनौति रहेको बताउनु भयो । उहाँले सवारी साधनमा आएको परिवर्तन,कृषिमा बेमौसममा पानी पर्दा कृषिमा समेत असर परेको बताउनु भयो । उहाँले निर्माणको क्षेत्रमा बढी जोखिम भएको बताउनु भयो । वातावरणीय प्रभावको कारण रोजगारी प्रभावित भइरहेको बताउनु भयो । 


उहाँले जलवायु परिवर्तनको असरले मजदुरहरुलाई विभिन्न किसिमका रोगहरु लाग्न थालेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here