सांसदको एक दिनको तलब बाढी पहिरो पीडितलाई


९ श्रावण २०७६, बिहीबार ११:०० मा प्रकाशित

काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरुले एक दिनको तलब प्रधानमन्त्री दैवि प्रकोप राहत कोषमा जम्मा गर्ने भएका छन् ।

प्रतिनिधिसभाको बैठकले तलब काटेर बाढीरपहिरो पीडितको राहत तथा उद्दारमा खर्च गर्न सहमति दिएको हो । सभामुख कृष्णबहादुर महराले बैठकमा एक दिनको तलब कोषमा जम्मा गर्ने प्रस्ताव राखेका थिए । उक्त प्रस्तावमा सभाले सहमति जनाएको हो ।

हाल प्रतिनिधिसभाका सांसदको तलब मासिक ५५ हजार २ सय ३० रुपैयाँ रहेको छ । सभामुखको मासिक तलब ६७ हजार ३ सय २०, विपक्षी दलको नेता, उपसभामुख प्रमुख सतेचक र समिति सभापतिहरुको तलब ६० हजार ९ सय ७० र सचेकतको तलब ५७ हजार ७ सय ८० रुपैयाँ रहेको छ।

प्रतिनिधिसभा बैठकले बाढीपहिरोबाट निधन भएकाहरुमा श्रद्धाञ्जली व्यक्त गरेको छ । त्यस्तै राहत उद्दारमा जुट्न सरकार, स्थानीय तह, संघ ‌संस्था, राजनीतिक दललाई अपिल गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here