२०२६ को विश्वकपमा ९ अफ्रिकी टोलीले विश्वकप खेल्ने


८ कार्तिक २०८१, बिहीबार १०:५९ मा प्रकाशित

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले नौ अफ्रिकी टोलीले संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने २०२६ विश्वकपमा प्रतिष्पर्धा गर्ने बताउनुभएको छ ।

इथियोपियाको राजधानी अदिस अबाबामा अफ्रिकी फुटबलको ४६ औँ महाधिवेशन शुरु भएकोमा इन्फान्टिनोले अफ्रिकाभरका नेता तथा सदस्य संघका प्रतिनिधिहरूलाई एकै ठाउँमा ल्याउने क्रममा उक्त टिप्पणी गर्नुभएको हो ।

विश्वकप २०२६ मा विश्व कपमा नौ वा दश अफ्रिकी देशहरू (र क्षेत्रहरू) सहभागी हुनेछन् । इन्फान्टिनोले यो वृद्धि फिफाको विस्तारित विश्वकप ढाँचाअनुसार गर्न लागिएको बताउनु भयो । फिफाले फिफा महिला विश्वकपमा सहभागी अफ्रिकी टोलीको संख्या ६ पु¥याउने पनि विचार गरिरहेको बताउनु भयो ।

उहाँले मोरक्कोले २०३० मा फिफा विश्वकप आयोजना गर्ने तयारी गरेको र जसले देशलाई विश्वकप आयोजना गर्ने दोस्रो अफ्रिकी राष्ट्र बनाउने बताउनु भयो । सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here