प्रतिबन्धित लागुऔषध सहित ७ जना पक्राउ


६ कार्तिक २०८१, मंगलवार १२:४८ मा प्रकाशित

विराटनगर, कार्तिक ०६ गते । सुनसरी र मोरङको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कात्तिक ५ गते दिउँसो सुनसरीको बराहक्षेत्र नगरपालिका(१ स्थितमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चताराबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भोजपुर हतुवागढी(७ का २३ बर्षीय समुथल राई र १८ बर्षीय विश्वहाङलाई १०० मिलीग्राम खैरो हिरोईन सहित नियन्त्रणमा लिएको छ ।

यसैगरी इलाका प्रहरी कार्यालय दुहबी र इलाका प्रहरी कार्यालय सितागंजको प्रहरी टोलीले बर्जु गाउँपालिका(२ स्थितबाट २९ किलोग्राम ४५५ ग्राम गाँजा सहित धरान उप(महानगरपालिका(१७ का २९ बर्षीय सपन राईलाई नियन्त्रणमा लिएको छ भने अस्थायी प्रहरी चौकी देउराली सुनसरीले धरान(१४ का ३० बर्षीय महेश कुमार तामाङलाई ट्रामाडोल ४ सय चक्की र स्पारेट( ४ सय चक्की सहित नियन्त्रणमा लिएको हो ।


यसै गरी इलाका प्रहरी कार्यालय दुहबीले ईटहरी उप(महानगरपालिका(४ का ३८ बर्षीय हेमनारायण यादव र ईटहरी(३ का २९ बर्षीय विजय लिम्बुलाई लागू औषध
SPASMO PROXYVON १२० चक्की र १६ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर(१८ का १८ बर्षीय अभिषेक मण्डललाई ६ ग्राम ५६ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here