झापाको कमलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


३ कार्तिक २०८१, शनिबार १५:३१ मा प्रकाशित

बिर्तामोड । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका -५ पाडाजुंगीको रवि पेट्रोल पम्पस्थित सडकखण्डमा आज दिउँसो यात्रुवहाक बसको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गएको छ ।

पश्चिमबाट पूर्व तर्फ जादैै गरेको प्रदेश १ -०१ -००१ (ख) ३४३५ नम्बरको यात्रुवहाक बसले सोहि दिशाबाट जादै गरेको को.१६ प. ५३२२ नम्बरको मोटरसाईकल ठक्कर दिदाँ मोटरसाइकल चालक को घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङ केराबारी गाउँपालिका- ७ का ५५ वर्षीय पदम मुकारुङ राईको रहेको  भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।

प्रहरीका अनुसार करिव १२.३० वजे तिर बसले सो साईकललाई ठक्कर दिएपछि त्यसमा सवार चालकलाई एक सय मिटर घिसारेको थियो ।
प्रहरीले मृतकको कानुनी मुचुल्का उठाउने कार्य गरिरहेको साथैं घटनाका विषयमा थप अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णबहादुर चन्दले बताए ।
दुर्घटना पछि आक्रोसित समूहले बसका चालकले लार्पावाही गर्दा मोटरसाईकल चालकको ज्यान गएको भन्दै बसमा तोडफोड गर्नुका साथैं आगजनी गरेका छन् । तोडफाड र आगजनीबाट बसमा क्षति पुगेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here