बिर्तामोडको रुवा उद्योगमा आगलागी, ४० लाख मूल्यबराबरको क्षति


२ कार्तिक २०८१, शुक्रबार १२:३६ मा प्रकाशित

बिर्तामोड । झापाको बिर्तामोड-१ वरपीपलचोकमा रहेको रुवा बनाउने उद्योगमा आगलागी भएको छ । आज बिहान भएको आगलागीबाट ४० लाख मूल्यबराबरको क्षति भएको छ ।

आज बिहान साढे ८ बजे नेक मोहमदको इरतान कपास फ्याक्ट्रीमा अचानक विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट टिनले छाएको भुइँतले रुवा गोदामसहितको टहराको फ्याक्ट्री र त्यहाँभित्रको सामान पूर्ण रुपले जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगालागी नियन्त्रणको लागि बिर्तामोड नगरपालिकासहित, मेचीनगर र भद्रपुर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी स्थानीय खटेका थिए । अहिले आगो नियन्त्रणमा आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here