पहिरोको कारण ‘कुलेखानी-फाखेल-काठमाडौँ’ सडक अवरुद्ध


११ आश्विन २०८१, शुक्रबार १०:३० मा प्रकाशित

काठमाडौं । हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरीको कुलेखानी-फाखेल-काठमाडौँ सडक अवरुद्ध भएको छ । पहिरोका कारण उक्त सडक अवरुद्ध भएको हो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सो सडक खण्ड अन्तर्गत इन्द्र सरोवर गाउँपालिका-२ सुकौरामा पहिरो खस्दा सवारी आवागमन ठप्प भएको हो ।

सोमबार बिहान ९ः३० बजेको समयमा उक्त स्थानमा सडकको माथिल्लो भागबाट पहिरो खसेको प्रहरीको भनाई छ । बिहीबारबाट भएको अविरल वर्षाका कारण पहिरो खसेको हो । 

सो स्थानको पहिरो हटाउन प्रहरी टोली परिचालन गरिएको र प्रहरीले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी बाटो खुलाउने पहल भइरहेको छ ।

यता पहिरोका कारण कान्ति लोकपथ बिहीबारबाट बन्द छ । वर्षा नरिकिएकाले बकैया-१२ घट्टेपाखामा खसेको पहिरो हटाउन समस्या भइरहेको प्रहरीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here