राजश्वको लक्ष्य पूरा हुनेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन


२७ भाद्र २०८१, बिहीबार १२:२४ मा प्रकाशित

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य पूरा हुनेगरी काम गर्न निर्देशन दिनुभएको छ । काठमाडौंमा बिहीवार भन्सार विभागको कार्यक्रममा बोल्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

उहाँले राजश्वको लक्ष्य पूरा गर्ने मात्र नभइ अझ बढी उठाउने कुरालाई मध्यनजर राखेर काम गर्न भन्सार कार्यालयका अधिकारीहरुलाई निर्देशन दिनुभयो । उहाँले राजश्व परिचालनमा कुनैपनि सम्झौता नहुने उल्लेख गर्नुभयो । उहाँले गत वर्षको तुलनामा यति प्रगति गरियो भनेर चित्त बुझाएर नबस्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले अर्थतन्त्र अहिले पनि दबाबमा रहेको उल्लेख गर्दै राजश्व परिचालनका दृष्टिकोणले धेरै चुनौति रहेको बताउनु भयो । उहाँले कयौँ अनिवार्य दायित्व भुक्तानी गर्न बाँकी रहेको भन्दै राजश्व परिचालनमा प्रभावकारी हुन नसके राम्रोसँग अर्थतन्त्रलाई अघि बढाउन नसकिने बताउनु भयो । 

उपप्रधानमन्त्री पौडेलले सेवाग्राहीसँग सहृदयी र मैत्रीपूर्ण व्यवहार गर्न आग्रह गर्नुभयो । सरुवा, बढुवाको प्रश्ताव लिएर कोही पनि नआउन आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here