उपसभामुखलाई हटाए लोकतन्त्रको मान मर्यादा रहँदैनः अध्यक्ष राउत


२६ भाद्र २०८१, बुधबार १३:२३ मा प्रकाशित

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले गलत नियतका साथ उपसभामुखलाई हटाउन खोजिएको बताउनुभएको छ । बुधवार न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष राउतले सरकारले गलत नियतका साथ उपसभामुख इन्दिरा रानालाई हटाउन लागेको बताउनुभएको हो ।

उहाँले सरकारले संवैधानिक परिषद्मा आफ्नो बहुमत पु¥याउनका लागि उपसभामुखलाई हटाउन लागेको बताउनु भयो । संवैधानिक परिषद्मा बहुमत नपुग्दा आफ्नो मान्छेलाई नियुक्त गर्न गाह्रो भएकाले गलत नियत राखिएको उहाँको भनाई छ । अध्यक्ष राउतले उपसभामुखलाई हटाए लोकतन्त्रको मान मर्यादा नरहने बताउनु भयो । 

उहाँले सरकार र प्रतिनिधि सभा साना पार्टीहरुलाई कसरी सखाप पार्न सकिन्छ भन्नेमा केन्द्रित भएको बताउनु भयो । उहाँले आफूले सरकार भएको महशुस गर्न नसकेको पनि बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here