इजिप्ट र सुडानीबीच संकटबारे छलफल


२५ भाद्र २०८१, मंगलवार ११:२५ मा प्रकाशित

इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टीले सुडानका विदेशमन्त्री हुसेन अवादसँग सुडानमा देखिएको संकट समाधानका प्रयासहरूबारे छलफल गर्न कायरोमा छलफल गर्नुभएको छ ।

अब्देलाट्टीले सुडानको एकता, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताप्रति इजिप्टको प्रतिवद्धता दोहो¥याउनु भयो  उहाँले इजिप्टमा बसोवास गर्ने सुडानी नागरिकहरूलाई सहयोग गर्ने इजिप्टको प्रयासमा पनि जोड दिनुभयो । आफ्नो पक्षबाट अवादले सुडान द्वन्द्वको समाधान खोज्नको लागि इजिप्टको भुमिकाको लागि धन्यवाद दिनुभयो । अप्रिल १५, २०२३ देखि, सुडान सेना र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सहरू बीचको द्वन्द्वमा फसेको छ । जसमा कम्तिमा १६ हजार ६५० जनाको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसंघको पछिल्लो तथ्याङ्कले सुडान भित्र करिव १०.७ मिलियन मानिस विस्थापित भएको अनुमान गरेको छ । जसमा करिव २२ लाख छिमेकी देशहरूमा शरण खोजिरहेका छन् । मार्चमा जारी गरिएको इजिप्टको आधिकारिक तथ्याङ्क अनुसार द्वन्द्व शुरु भएदेखि करिब ५ लाख सुडानीहरू इजिप्ट भागेका थिए । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here