चीनमा टाइफुन यागीको प्रभाव


२४ भाद्र २०८१, सोमबार ११:१९ मा प्रकाशित

सुपर टाइफुन यागीको प्रभाव जारी रहँदा चीनमा आपतकालीन प्रतिक्रिया प्रयासहरू परिचालन गरिएको छ । चीनको राज्य बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले युनान प्रान्तमा बाढीको लागि स्तर जोखिमको तह पार गरेको बताइएको छ ।

 विपद् व्यवस्थापन मन्त्रालयले जलस्रोत मन्त्रालय र अन्य सरकारी निकायसँग समन्वय गरी क्षतिग्रस्त पूर्वाधार मर्मत गर्न र प्रभावित बासिन्दालाई राहत उपलब्ध गराउन संयुक्त निर्देशन दिएको छ । आँधीका कारण कुनै मानवीय क्षति भने भएको छैन । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here