उर्जामन्त्रीको दाबीः आर्थिक, सामाजिक र राजनीतिक रुपमा विश्वसनीय वातावरण सिर्जना भएको छ


२१ भाद्र २०८१, शुक्रबार १३:१५ मा प्रकाशित


काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आर्थिक, सामाजिक र राजनीतिक रुपमा विश्वसनीय वातावरण सिर्जना भएको बताउनुभएको छ ।


शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डमा शुरु भएको तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनीको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले दुई ठूला राजनीतिक दलहरुको सरकार रहेको भन्दै नागरिकहरुले पनि विश्वासका साथ लिइरहेको बताउनु भयो ।

उहाँले अहिलेको सकरकारलाई आर्थिक हिसावले मुलुकलाई अघि बढाउनुपर्ने जिम्मेवारी रहेको बताउनु भयो । वर्तमान सरकार स्थायी सरकार भएकाले ढुक्क भएर लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गर्नुभयो । धेरै कम्पनीहरुलाई एकै ठाउँ राखेर मुलुकको आवश्यकताअनुसार मेला सञ्चालन भएको भन्दै यस्ता मेलाले आर्थिक गतिविधि चलायमान बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले मुलुकको लक्ष्य आगामी १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने र आन्तरिक खपत बढाउने रहेको बताउनु भयो । उहाँले सरकारको साही लक्ष्यअनुसार नै निजी क्षेत्रले साथ दिनुपर्ने बतउनु भयो । 


यस्ता मेलालो विद्युतको आन्तरिक खपत बढाउने र घरायसी कामका लागि पनि समय वचत हुने विश्वास व्यक्त गर्नुभयो । सरकारले विभिन्न नीति नियमहरुको परिमार्जन र संशोधन गरिरहेको उल्लेख गर्दै आगामी दिनमा झनै सहज र सरल हुने प्रीतवद्धता जनाउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here