वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनःगठन आवश्यकः अग्नि सापकोटा


२० भाद्र २०८१, बिहीबार १७:०५ मा प्रकाशित


काठमाडौं । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनःगठन आवश्यक रहेको बताउनुभएको छ ।


बिहीवार काठमाडौंमा नेपालमा समाजवादः चुनौति र सम्भवाना विषयक गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको परिस्थितिमा पुनः एक पटक वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनःगठन जरुरी रहेको बताउनु भयो ।

उहाँले विगतमा एकता गरेर पनि रक्षा गर्न नसकिएको भन्दै राष्ट्रियता, जनतन्त्र, जनजीविकाका सवाललाई अगाडि बढाउन आवश्यक रहेको बताउनु भयो । उहाँले राष्ट्रियताको सवाल धेरै पेचिलो भएको भएको उल्लेख गर्दै सबै एकतावद्ध अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले नेपाल नेपालीहरुको भएकाले नेपालीहरुले नै चलाउनुपर्ने बताउनु भयो । उहाँले अहिले विश्वयुद्धको खतरा मडारिरहेको भन्दै त्यो आँधीबेहरीका लागि तयार हुनुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here