सङ्घीय निजामती विधेयक पारित गर्न उच्च राजनीतिक तहमा छलफल गर्छुः मन्त्री गुप्ता


२० भाद्र २०८१, बिहीबार १७:०० मा प्रकाशित


काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती विधेयक पारित गर्न उच्च राजनीतिक तहमा छलफल गर्ने बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री गुप्ताले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समिति बाट पारित गराउन उच्च राजनीतिक तहसँग समन्वय गर्ने बताउनुभएको हो ।

समितिमा आजदेखि विधेयकमाथिको सैद्धान्तिक छलफल प्रारम्भ भएको छ । बैठकमा बोल्दै उहाँले विधेयकमा १ हजार ५८३ वटा संशोधन प्रस्ताव रहेको र संशोधनमाथि छलफल गर्दा छलफलमै दुई वर्ष बित्न सक्ने भन्दै उच्च राजनीतिक तहसँग समन्वय गरेर निर्देशन लिने बताउनु भयो । उहाँले यस विधेयकलाई प्राथमिकतामा राखेर अगाडी बढाउन समिति समक्ष आग्रह गर्नुभयो । 


मन्त्री गुप्ताले बाराको जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको वैदेशिक भ्रमण रोकेको भन्दै एक सांसदले प्रश्न उठाउनुभएको थियो । सो प्रश्नको जवाफ दिदैँ उहाँले काफ्लेले मन्त्रालयसँग समन्वय तथा सम्पर्क नगरेकोले बाध्य भएर भ्रमण रद्द गर्नु परेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here