काँग्रेस र एमालेबीचको सहमति कार्यान्वयनमा कुनै शंका छैन: गृहमन्त्री लेखक


२० भाद्र २०८१, बिहीबार १०:५८ मा प्रकाशित

कञ्चनपुर- नेपाली काँग्रेस र नेकपा एमालेबीच भएको सहमति कार्यान्वयमा कुनै शंका नरहेको गृहमन्त्री रमेश लेखकले बताएका छन् । महेन्द्रनगरमा बिहीबार बिहान आयोजित पत्रकार सम्मेलनमा उहाँले संसदका दुई ठूला दलबीच नयाँ समीकरण बनेको बताउनुभयाे ।

उनले भने, ‘यहाँहरूमार्फत सबैलाई आग्रह गर्दछु कि काँग्रेस र एमालेबीचको सहमति कार्यान्वयनमा कुनै समस्या छैन। कार्यान्वयन हुँदैन कि भन्ने आशंका नगर्न पनि आग्रह गर्दछु।’ उनले यो गठबन्धन चुनावसम्म नै जाने दाबी गरे। गृहमन्त्री लेखकले निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुने पनि पत्रकार सम्मेलनमा बताउनुभयाे।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको २०७५ साउन १० मा बलात्कारपछि हत्या भएको थियो । घटना भएको छ वर्ष पुग्न लाग्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here