एक हप्तामा इजरायली आक्रमणबाट वेस्ट बैंकमा ३३ प्यालेस्टाइनीको मृत्यु


२० भाद्र २०८१, बिहीबार १०:५२ मा प्रकाशित


वेस्ट बैंकमा इजरायलको सैन्य कारबाहीमा एक हप्तामा ३३ प्यालेस्टाइनी मारिएका छन् । करिव १ सय ४० जना घाइते भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेहरूमा जेनिनमा १९, टुबासमा चार र तुल्कारममा सात जना प्यालेस्टिनीहरू छन् ।

सबै उत्तरी वेस्ट बैंकका रहेका छन् । साथै दक्षिणमा हेब्रोनमा तीन जना रहेको रामल्लाहस्थित मन्त्रालयले जनाएको छ । इजरायली सेनाले बुधवार लगातार आठौं दिन जेनिन शहर र त्यसको शिविर विरुद्धको कारबाही जारी राखेको प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सी वाफाले जनाएको छ ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार गत अक्टोबरमा गाजा स्ट्रिपमा प्यालेस्टाइन–इजरायली द्वन्द्व शुरु भएदेखि वेस्ट बैंकमा इजरायली आक्रमणबाट ६८० भन्दा बढी प्यालेस्टाइनी मारिएका छन् । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here