जिल्ला शिक्षा कार्यालय पूरै हटाउनुपर्छः महामन्त्री थापा


१९ भाद्र २०८१, बुधबार १६:५७ मा प्रकाशित

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले जिल्ला शिक्षा कार्यालय पूर्ण रुपमा हटाउनुपर्ने बताउनुभएको छ । बुधवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथिको संशोधनमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालको संविधानले जिल्ला शिक्षा कार्यालयलाई नमान्ने भएकाले पूर्णरुपमा हटाउनुपर्ने बताउनु भयो । उहाँले शैक्षिक गुणस्तर परीक्षण केन्द्र नभइ प्राधिकरण बनाउनुपर्ने प्रश्ताव गर्नुभयो । उहाँले शैक्षिक गुणस्तर परीक्षण केन्द्र स्वायत्त हुनुपर्ने भन्दै स्वायत्त भएमात्रै राम्रोसँग काम गर्नसक्ने बताउनु भयो ।

उहाँले शिक्षकलाई प्रतिष्ठा बढाउने, सेवा सुविधा बढाउने कुरा खुलेर गर्नपनि आग्रह गर्नुभयो । मिलान गर्नेकुराको सन्दर्भमा शिक्षकको उत्तिर्णाङ्क ५० प्रतिशत अनिवार्य राख्नुपर्ने बताउनु भयो । 


महामन्त्री थापाले विद्यालयको लागि मापदण्डमात्रै नभइ श्रोतको सुनिश्चितता पनि हुनुपर्ने बताउनु भयो । सार्वजनिक विदालयको स्थापनाको आधार श्रोतको सुनिश्चितता हुनु नहुने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here