खुलामञ्चमा युवाहरुले विरोध जनाउनु शुभ संकेत होइनः अध्यक्ष लिङदेन


१८ भाद्र २०८१, मंगलवार १७:०७ मा प्रकाशित


काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले गौरा पर्वको अवसरमा टुडिखेलमा आयोजित कार्यक्रममा युवाहरुले जनाएको विरोध शुभ संकेत नभएको बताउनुभएको छ ।


मङ्गलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष लिङ्देनले युवाहरुको विरोधलाई सरकारले सकारात्मक रुपमा लिनुपर्ने भन्दै सरकारले आक्रोश देखाउनु गलत भएको बताउनु भयो ।

उहाँले सरकारले विरोध गर्ने युवाहरुलाई पक्रेर दमन गर्न नसक्ने बताउनु भयो । उहाँले जनताले अहिलेको व्यवस्था र सरकारमा चित्त नबुझाएको कुरालाई मनन गर्न पनि प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । 

उहाँले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई जग्गा उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here